10
जाति-जातिहरूका तालिका 
 
1 नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।   
येपेतका वंशहरू 
 
2 येपेतका छोराहरू:  
गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।   
3 गोमेरका छोराहरू:  
अश्कनज, रिपत र तोगर्मा।   
4 यावानका छोराहरू:  
एलीशा, तर्शीश, कित्तीम र रोदानीम।  
5 (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्न क्षेत्रहरूमा फैलिए।)   
हामका वंशहरू 
 
6 हामका छोराहरू:  
कूश, इजिप्ट, पूत र कनान।   
7 कूशका छोराहरू:  
सेबा, हवीला, सब्ता, रामाह र सब्तेका।  
रामाहका छोराहरू:  
शेबा र ददान।   
8 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।  
9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”  
10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।  
11 त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू  
12 अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।   
13 इजिप्टचाहिँ यिनीहरूका पिता थिए:  
लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्तूहीहरू,  
14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्तोरीहरू।   
15 कनानचाहिँ यिनीहरूका पिता थिए:  
आफ्ना जेठा छोरा सीदोन र हित्ती,  
16 यबूसी, एमोरी, गिर्गाशी,  
17 हिव्वी, अरकी, सिनी,  
18 अर्वादी, सेमारी र हमातीहरू।  
पछि कनानीहरूका कुलहरू फैलिए,  
19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।   
20 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।   
शेमका वंशहरू 
 
21 शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।   
22 शेमका छोराहरू:  
एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।   
23 अरामका छोराहरू:  
ऊज, हूल, गेतेर र मेशेक।   
24 अर्पक्षद शेलहका पिता थिए,  
अनि शेलहचाहिँ एबेरका पिता थिए।   
25 एबेरका दुई छोराहरू जन्मिए:  
एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।   
26 योक्तान यिनीहरूका पिता थिए:  
अल्मोदद, शेलेप, हसर्मवेत, येरह,  
27 हदोराम, ऊजाल, दिक्ला,  
28 ओबाल, अबीमाएल, शेबा,  
29 ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।   
30 (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)   
31 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।   
   
 
32 तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्न जातिहरू फैलिँदै गए।