7
1 पर्खालको पुनर्निर्माण भइसकेपछि, मैले ढोकाहरू तिनको ठिक ठाउँमा लगाइसकेँ; र द्वारपालहरू, सङ्गीतकारहरू र लेवीहरू नियुक्त गरेँ।  
2 मैले आफ्नो भाइ हनानीलाई किल्लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्वरको भय धेरै मान्ने गर्थे।  
3 मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”   
कैदबाट फर्केर आएकाहरूको सूची 
 
4 अब सहर ठूलो र फराकिलो थियो, तर त्यस सहरमा मानिसहरू थोरै थिए; अनि घरहरूको पुनर्निर्माण अझसम्म भएको थिएन।  
5 यसकारण मेरा परमेश्वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:   
   
 
6 बेबिलोनका राजा नबूकदनेसरले कैदमा लगेकाहरूमध्येका कैदबाट फर्केर आउने प्रान्तका मानिसहरू यिनै हुन्ः तिनीहरू हरेक आफ्नै सहर यरूशलेम र यहूदामा फर्के।  
7 तिनीहरूसँगै यरुबाबेल, येशूआ, नहेम्याह, अजर्याह, रामियाह, नहामानी, मोर्दकै, बिल्शान, मिसपेरेत, बिग्वै, नहूम र बानाह फर्के।   
   
 
इस्राएलीहरूका पुरुषहरूको सूची:  
8 परोशका सन्तानहरू 2,172 जना;   
9 शपत्याहका सन्तानहरू 372 जना;   
10 अराहका सन्तानहरू 652 जना।   
11 पहत-मोआबका सन्तानहरू (येशूआ र योआबको वंशबाट) 2,818 जना;   
12 एलामका सन्तान 1,254 जना;   
13 जत्तूका सन्तान 845 जना;   
14 जक्कैका सन्तान 760 जना;   
15 बिन्नूईका सन्तान 648 जना;   
16 बेबैका सन्तान 628 जना;   
17 अज्गादका सन्तान 2,322 जना;   
18 अदोनीकामका सन्तान 667 जना;   
19 बिग्वैका सन्तान 2,067 जना;   
20 आदीनका सन्तान 655 जना;   
21 आतेरका सन्तान (हिजकियाबाट) 98 जना;   
22 हाशूमका सन्तान 328 जना;   
23 बेजैका सन्तान 324 जना;   
24 हारीपका सन्तान 112 जना;   
25 गिबोनका सन्तान 95 जना।   
26 बेथलेहेमका र नतोपाका मानिसहरू 188 जना;   
27 अनातोतका मानिसहरू 128 जना;   
28 बेथ-अज्मावेतका मानिसहरू 42 जना;   
29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू 743 जना;   
30 रामा र गेबाका मानिसहरू 621 जना;   
31 मिकमाशका मानिसहरू 122 जना;   
32 बेथेल र ऐका मानिसहरू 123 जना;   
33 अर्को नेबोका मानिसहरू 52 जना;   
34 अर्को एलामका मानिसहरू 1,254 जना;   
35 हारीमका मानिसहरू 320 जना;   
36 यरीहोका मानिसहरू 345 जना;   
37 लोद, हादीद र ओनोका मानिसहरू 721 जना;   
38 सेनाहका मानिसहरू 3,930 जना।   
   
 
39 पुजारीहरू:  
यदायाहका सन्तानहरू (येशूआको परिवारबाट) 973 जना;   
40 इम्मेरको परिवारबाट 1,052 जना;   
41 पशहूरको परिवारबाट 1,247 जना;   
42 हारीमको परिवारबाट 1,017 जना।   
   
 
43 लेवीहरू:  
येशूआका सन्तानहरू (होदवियाहको वंश, कदमिएलबाट) 74 जना।   
   
 
44 गायकहरू:  
आसापका सन्तानहरू 148 जना।   
   
 
45 मन्दिरका द्वारपालहरू:  
शल्लूम, आतेर, तल्मोन, अक्कूब,  
हतीता र शोबैका सन्तानहरू 138 जना।   
   
 
46 मन्दिरका सेवकहरू:  
तिनीहरूका सन्तानहरू:  
सीहा, हसूपा, तब्बाओत,   
47 केरोस, सीआ, पादोन,   
48 लेबाना, हागाबा, शल्मै,   
49 हानान्, गिद्देल, गहर,   
50 रायाह, रसीन, नकोदा,   
51 गज्जाम, उज्जा, पसेह,   
52 बेसै, मोनीम, नेपुसीम,   
53 बक्बूक, हकूपा, हरहूर,   
54 बस्लूत, महीदा, हर्शा,   
55 बर्कोस, सीसरा, तेमह,   
56 नसीह र हतीपा।   
57 सोलोमनका सेवकहरूका सन्तानहरू:  
सोतै, सोपेरेत, परीदा,   
58 याला, दर्कोन, गिद्देल,   
59 शपत्याह, हत्तील,  
पोकेरेत-हसेबायीम र आमोनका सन्तानहरू।   
60 मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानको 392 जना।   
   
 
61 तेल-मेलह, तेल-हर्शा, करूब, आद्दान र इम्मेरका सहरहरूबाट आएकाहरू, जसले आफ्ना परिवारहरूलाई इस्राएलका सन्तानहरूबाट आएका हुन् भनी प्रमाण दिन सकेनन्। निम्न लिखित व्यक्तिहरू तिनीहरूका सन्तानहरू हुन्:   
62 दलायाह, तोबिया र नकोदाक सन्तानहरू 642 जना।   
   
 
63 पुजारीहरूमध्येबाट:  
होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।   
64 यिनीहरूले आफ्ना परिवारका विवरण सूचिहरू खोजे, तर भेट्टाएनन्। यसकारण तिनीहरू अशुद्ध ठहरिए, र पुजारी पदबाट निकालिए।  
65 यसकारण राज्यपालले ऊरीम र तुम्मीमसित सेवा गर्ने एक जना पुजारी नभएसम्म तिनीहरूलाई महा-पवित्र भोजनबाट केही नखाने हुकुम दिए।   
   
 
66 सम्पूर्ण जनसमूहको संख्या 42,360 थियो।  
67 यसबाहेक तिनीहरूका 7,337 जना सेवक-सेविकाहरू पनि थिए। तिनीहरूसित 245 गायक-गायिकाहरू पनि थिए।  
68 उनीहरूसित 736 घोडाहरू, 245 खच्चरहरू,  
69 435 ऊँटहरू र 6,720 गधाहरू थिए।   
   
 
70 परिवारका कतिपय अगुवाहरूले कामको निम्ति भेटी दिए। राज्यपालले भण्डारमा सुनका 1,000 डारिक, 50 वटा कचौराहरू र पुजारीहरूले लगाउने 530 वटा पोशाकहरू दिए।  
71 परिवारहरूका कतिपय अगुवाहरूले कामको निम्ति भण्डारमा 20,000 डारिक सुन, र 2,200 मीना चाँदी दिए।  
72 बाँकी रहेका मानिसहरूले 20,000 डारिक सुन, 2,200 मीना चाँदी र पुजारीहरूले लगाउने 67 वटा पोशाकहरू दिए।   
73 पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले।  
एज्राले व्यवस्था पढेका 
 
सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।