भजन 114
1 जब इस्राएलीहरू इजिप्टबाट निस्किआए,  
जब याकोबको घराना विदेशी भाषा बोल्ने मानिसहरूका बीचबाट निस्केर आए,   
2 तब यहूदा परमेश्वरको पवित्रस्थान,  
अनि इस्राएलचाहिँ उहाँको राज्य भयो।   
   
 
3 त्यो देखेर लाल समुद्र भाग्यो;  
यर्दन नदी पछिल्तिर फर्कियो;   
4 पर्वतहरू भेडाहरूझैँ,  
डाँडाहरू थुमाहरूझैँ उफ्रन लागे।   
   
 
5 हे समुद्र, तँ किन भागिस्?  
हे यर्दन, तँ किन पछि फर्किस्?   
6 हे पर्वतहरू हो, तिमीहरू भेडाहरूझैँ, हे डाँडाहरू हो,  
तिमीहरू थुमाहरूझैँ किन उफ्र्यौ?   
   
 
7 हे पृथ्वी, प्रभुको सामु,  
याकोबका परमेश्वरको सामु थरथरी काम्;   
8 जसले चट्टानलाई पानीका तलाउमा,  
कठोर चट्टानलाई पानीका मूलहरूमा परिवर्तन गर्नुभयो।