भजन 121
आरोहणको गीत। 
 
1 म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु—  
मेरो सहायता कहाँबाट आउँछ?   
2 मेरो सहायता याहवेहबाट आउँछ,  
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।   
   
 
3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन—  
तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;   
4 साँच्चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ  
न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।   
   
 
5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ—  
याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;   
6 दिउँसोको घामले तिमीलाई पोल्नेछैन,  
न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।   
   
 
7 याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ—  
उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;   
8 तिमी बाहिर जाँदा र भित्र आउँदा,  
अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।