7
इस्साखारका सन्तान 
 
1 इस्साखारका छोराहरू:  
तोला, पुवा, याशूब र शिम्रोन—जम्मा चार जना थिए।   
2 तोलाका छोराहरू:  
उज्जी, रपायाह, यरीएल, यहमै, यिब्साम र शमूएल, अर्थात् तिनीहरूका परिवारका अगुवाहरू थिए। दावीदको शासनकालमा तिनीहरूको वंशावलीमा लडाकु मानिसहरू भनी सूचित गरिएका तोलाका सन्तानहरूको संख्या 22,600 थियो।   
3 उज्जीका छोरा:  
यिज्रयाह थिए।  
यिज्रयाहका छोराहरू:  
मिखाएल, ओबदियाह, योएल र यिश्याह थिए। ती पाँचै जना अगुवाहरू थिए।  
4 तिनीहरूका परिवारको वंशावलीअनुसार तिनीहरूसँग युद्धका निम्ति तयार रहेका 36,000 लडाकु मानिसहरू थिए। किनकि तिनीहरूका धेरै पत्नीहरू र छोराछोरीहरू थिए।   
5 अनि तिनीहरूका आफन्तहरूमा भएका लडाकु मानिसहरू, जो इस्साखारका वंशहरूबाट थिए। तिनीहरूका वंशावलीमा सूचित गरिएका सबै मानिसहरू 87,000 थिए।   
बेन्यामीनका सन्तान 
 
6 बेन्यामीनका तीन छोराहरू:  
बेला, बेकेर र यदीएल थिए।   
7 बेलाका छोराहरू:  
एसबोन, उज्जी, उज्जीएल, यरीमोत र इरी, अर्थात् परिवारका अगुवाहरू जम्मा पाँच जना थिए। तिनीहरूका वंशावली विवरणमा 22,034 जना लडाकु मानिसहरूको संख्या थियो।   
8 बेकेरका छोराहरू:  
जमीरा, योआश, एलीएजर, एल्योएनै, ओम्री, यरेमोत, अबीयाह, अनातोत र आलेमेत थिए। यी सबै जना बेकेरका छोराहरू थिए।  
9 तिनीहरूका परिवारका वंशावलीको विवरणमा अगुवाहरू र लडाकु मानिसहरू 20,200 सूचित थिए।   
10 यदीएलका छोरा:  
बिल्हान थिए।  
बिल्हानका छोराहरू:  
येऊश, बेन्यामीन, एहूद, कनानाह, जेतान, तर्शीश र अहीशहर थिए।  
11 यदीएलका यी सबै छोराहरू परिवारहरूका अगुवाहरू थिए। लडाइँमा जान तयार रहेका 17,200 जना लडाकु मानिसहरू त्यहाँ थिए।   
12 इरका छोराहरू शुप्पी र हुप्पी थिए, र हुशीमहरू अहेरका छोराहरू थिए।   
नप्तालीका सन्तान 
 
13 नप्तालीका छोराहरू:  
यहसेल, गुनी, येसेर र शिल्लेम, अर्थात् यिनीहरू बिल्हाका छोराहरू थिए।   
मनश्शेका सन्तान 
 
14 मनश्शेका सन्तानहरू:  
अस्रीएलचाहिँ मनश्शेका अरामी उपपत्नीबाट जन्मिएका सन्तान थिए। तिनले गिलादका पिता माकीरलाई पनि जन्माइन्।  
15 माकीरले हुप्पी र शुप्पीहरूमध्येबाट तिनीहरूकी बहिनी माकालाई पत्नी तुल्याए। मनश्शेको अर्को सन्तानको नाम सलोफाद थियो; र सलोफादका छोरीहरू मात्र थिए।  
16 माकीरकी पत्नी माकाले एउटा छोरा जन्माइन्, जसको नाम तिनले पेरेस राखिन्। अनि उसको भाइको नाम शेरेस थियो। अनि पेरेसका छोराहरूचाहिँ ऊलाम र राकेम थिए।   
17 ऊलामका छोरा:  
बदान थिए।  
मनश्शेको छोरा माकीर, माकीरका छोरा गिलादका छोराहरू यिनीहरू नै थिए।   
18 गिलादकी बहिनी हम्मोलेकेतले ईशोद, अबीएजेर र महलालाई जन्माएकी थिइन्।   
19 शमीदाका छोराहरू:  
अहियन, शेकेम, लिखी र अनीआम थिए।   
एफ्राइमका सन्तान 
 
20 एफ्राइमका सन्तानहरू:  
एफ्राइमका छोरा शूतेलह, शूतेलहका छोरा बेरेद,  
बेरेदका छोरा तहत, तहतका छोरा एलादा,  
एलादाका छोरा तहत,  
21 तहतका छोरा जाबाद र  
जाबादका छोरा शूतेलह थिए।  
(एसेर र एलादचाहिँ गातका मानिसहरूका बस्तुभाउ लुट्न जाँदा, त्यहाँका स्थानीय बासिन्दाहरूद्वारा मारिएका थिए।  
22 तिनीहरूका पिता एफ्राइमले तिनीहरूका निम्ति धेरै दिनसम्म शोक गरे। अनि तिनका आफन्तहरू तिनलाई सान्त्वना दिन आए।  
23 त्यसपछि एफ्राइमले आफ्नी पत्नीसँग फेरि सहवास गरे। तब तिनी गर्भवती भइन्, र एउटा छोरा जन्माइन्; जसको नाम तिनले बेरियाह राखे; किनकि तिनको परिवारमा विपत्ति आएको थियो।  
24 एफ्राइमकी छोरी शेराह थिइन्, जसले माथिल्लो र तल्लो बेथ-होरोन र उज्जेन-शेराह नगरहरू निर्माण गरेकी थिइन्।)   
25 एफ्राइमका छोरा रपाह थिए, जसका छोरा रेशेप,  
जसका छोरा तेलह, जसका छोरा तहन,   
26 जसका छोरा लादान, जसका छोरा अम्मीहूद,  
जसका छोरा एलिशामा,  
27 जसका छोरा नुन,  
अनि नूनका छोरा यहोशू थिए।   
28 तिनीहरूको जमिन र बसोबास गरेका ठाउँहरूमा दक्षिणतिर बेथेल र त्यसका चारैतिरका बस्तीहरू, पूर्वतिर नारान, पश्चिमतिर गेजेर र त्यसका बस्तीहरू, उत्तरतिर अय्याह र त्यसका बस्तीहरूसमेत शेकेमसम्म नै र त्यसका बस्तीहरू सामेल थिए।  
29 मनश्शेका सिमानाहरू बेथ-शान, तानाक, मगिद्दो, डोर र तिनीहरूका बस्तीहरूसमेत थिए। इस्राएलका छोरा योसेफका सन्तानहरू यिनै नगरहरूमा बस्थे।   
आशेरका सन्तान 
 
30 आशेरका छोराहरू:  
यिम्ना, यिश्वा, यिश्वी र बेरियाह थिए। तिनीहरूकी बहिनी सेरह थिइन्।   
31 बेरियाहका छोराहरू:  
हेबेर र मल्कीएल, जो बिर्जेतका पिता थिए।   
32 हेबेरचाहिँ येप्लेत, शोमेर, होताम र तिनीहरूकी बहिनी शूआका पिता थिए।   
33 येप्लेतका छोराहरू:  
पासक, बिम्हाल र अश्वात थिए।   
यिनीहरू येप्लेतका छोराहरू थिए।  
34 शोमेरका छोराहरू:  
अही, रोहगा, हूब्बा र अराम थिए।   
35 शोमेरका भाइ हेलेमका छोराहरू:  
सोपह, यिम्ना, शेलेश र आमाल थिए।   
36 सोपहका छोराहरू:  
सूह, हर्नेपेर, शूआल, बेरी, यिम्राह,  
37 बेसेर, होद, शम्मा, शिल्शा, यित्रान र बेरा थिए।   
38 येतेरका छोराहरू:  
यपून्ने, पिस्पा र अरा थिए।   
39 उल्लाका छोराहरू:  
अराह, हन्नीएल र रिसिया थिए।   
40 आशेरका यी सबै सन्तानहरू—परिवारहरूका मुखियाहरू, चुनिएका मानिसहरू, वीर योद्धाहरू र विशिष्ट अगुवाहरू थिए। लडाइँमा जान सक्ने मानिसहरूको संख्या तिनीहरूको वंशावलीको सूचीअनुसार, 26,000 थिए।