18
तब बिल्दद शुहीले जवाफ दिए र भने, “आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं । तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं ? तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने ? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने ? वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन । उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ । उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् । किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ । पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ । 10 उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ । 11 त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‍नेछन् । 12 उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ । 13 उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ । 14 आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ । 15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् । 16 उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ । 17 पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन । 18 उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ । 19 उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ । 20 एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् । 21 निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।