भजनसंग्रहको पुस्तक   
प्रथम खण्ड  
 1
भजनसंग्रह 1–41  
1 धन्य हुन् तिनीहरू,  
जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्,  
जो पापीहरूको मार्गमा खडा हुँदैनन्,  
जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्।   
2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्,  
र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्।   
3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्,  
जसले आफ्नो ऋतुमा फल दिन्छ;  
र जसको पात कहिल्यै ओइलाउँदैन;  
तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्।   
   
 
4 दुष्टहरू त्यस्ता हुँदैनन्;  
तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने  
भुसजस्तै हुन्छन्।   
5 यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्,  
न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्।   
   
 
6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ;  
तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ।