भजन 125
आरोहणको गीत। 
 
1 याहवेहमा भरोसा राख्नेहरू सियोन पर्वतझैँ छन्,  
जो कहिल्यै डगमगाउँदैनन्; तर सदासर्वदा स्थिर रहन्छन्।   
2 जसरी पहाडहरूले यरूशलेमलाई घेरेका छन्,  
त्यसरी नै याहवेहले आफ्ना मानिसहरूलाई  
आज अनि सदासर्वदा घेरिराख्नुहुन्छ।   
   
 
3 धर्मीहरूलाई छुट्ट्याइएको देशमा,  
दुष्टहरूको राजदण्ड रहनेछैन।  
नत्रता धर्मीहरूले  
आफ्ना हात अधर्मतिर लगाउलान्।   
   
 
4 हे याहवेह, जो असल छन्, तिनीहरूलाई असल गर्नुहोस्;  
तिनीहरूलाई, जसका हृदय सोझो छन्।   
5 तर खराब मार्गतिर जो फर्कन्छन्,  
याहवेहले तिनीहरूलाई दुष्कर्मीहरूसितै धपाउनुहुनेछ।  
   
 
इस्राएलमाथि शान्ति कायम रहोस्!